दफा १८
वस्तु विनिमय बजारको प्रमुख कार्यकारी अधिकृत सम्बन्धी व्यवस्था
वस्तु विनिमय बजारको सञ्चालक समितिले प्रशासकीय प्रमुखको रुपमा कार्य गर्न देहायको योग्यता पुगेको व्यक्तिलाई प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्ति गर्नेछः–
(क) अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षको कार्य अनुभव भएको,
(ख) तोकिए बमोजिमको अयोग्यता नरहेको ।